दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
१६ माघ, महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम प्रदेशको चुनावी अभियान शुक्रबार सम्पन्न गरेका छन् । कैलालीको लम्कीबाट सुरु गरिएको उनको अभियान तराईका कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका सात पहाडी जिल्लामा फैलिएको थियो ।
चुनावी अभियानका क्रममा बालेनले पार्टी कार्यालय तथा उम्मेदवारहरूको चुनावी सम्पर्क कार्यालयमा पुगेर घण्टी बजाउँदै उपस्थित भए पनि कुनै सार्वजनिक कार्यक्रममा सम्बोधन नगरी ‘मौन अभियान’ सञ्चालन गरे । निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै भाषण नगरेको पार्टी नेताहरूले बताएका छन् ।
चार दिनअघि कैलाली निर्वाचन क्षेत्र नं. २ लम्कीबाट अभियान सुरु गरेका शाहले कञ्चनपुरको पुनर्बास, शुक्लाफाँटा र महेन्द्रनगरका पार्टी कार्यालयहरूमा पनि संक्षिप्त भेटघाट गरेका थिए । कैलाली–२ बाट रास्वपाले युवा नेता केपी खनाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । खनाललाई बालेननिकट युवा नेताका रूपमा चिनिन्छ ।
अभियानका क्रममा शाहले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीका विभिन्न स्थानहरूमा पुगेर पार्टीका उम्मेदवारहरूसँग छोटो छलफल र स्थानीय अवस्थाबारे जानकारी लिएका थिए । यद्यपि सार्वजनिक मञ्चबाट भाषण नगरे पनि उनले यात्राका क्रममा डोट्याली भाषामा लेखिएका स्टाटस र तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरेका थिए, जसले व्यापक चर्चा पाएको थियो ।
रास्वपाका नेता हरिश भट्टका अनुसार सुदूरपश्चिमको अभियान पूरा गरी बालेनको टोली कर्णालीतर्फ प्रस्थान गरिसकेको छ । “उहाँ अहिले कालिकोटको मान्म पुग्नुभएको छ,” भट्टले भने, “अब पार्टीले आयोजना गर्ने औपचारिक चुनावी सभामा शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।”
भट्टका अनुसार बालेनको सुदूरपश्चिम भ्रमणले पार्टी पंक्ति र समर्थकमाझ उत्साह बढाएको छ । यात्राका क्रममा बाटोमा भेटिएका समर्थकहरूसँग आत्मीयता साट्दै बालेन कर्णाली यात्रामा रहेको पार्टीले जनाएको छ ।