दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा शुभकामना दिदै सहिदका सपना अझै पूरा नभएको बताएका छन्। उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो धारणा राखेका हुन्।
प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको बताए। उनले सन्देशमा सामन्ती राणा शासनविरुद्ध लड्ने लखन थापा, बाँकाबीर र चार सहिद (शुक्रराज, धर्मभक्त, दशरथ, गंगालाल) देखि पञ्चायती काल, जनयुद्ध, जनआन्दोलन तथा मधेस र थारू आन्दोलनको स्मरण गरे। विशेष गरी उनले पछिल्लो समयको जेनजी आन्दोलनका सहिदहरूको बलिदानलाई समेत समेट्दै यी सबै संघर्षको साझा उद्देश्य सामन्तवाद र विभेद अन्त्य गरी लोकतन्त्र र सुशासन स्थापना गर्नु रहेको उल्लेख गरे।
मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षजस्ता उपलब्धि सहिदकै बलिदानको परिणाम भएको उनले बताए। यद्यपि, सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य र राष्ट्रिय स्वाधीनताको संघर्ष अझै जारी रहेको भन्दै उनले सहिदका सपना पूर्ण रूपमा साकार भइनसकेको औंल्याए। ती अधुरा सपना पूरा गर्न समर्पित हुन सके मात्र दिवस मनाउनुको सार्थकता रहने उनको भनाइ छ।
प्रचण्डले आजको दिनलाई आत्मसमीक्षा गर्ने र विचलित नभई जनताको पक्षमा उभिने संकल्प गर्ने दिनका रूपमा व्याख्या गरे। उनले प्राप्त उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्न सबैलाई अपिल समेत गरेका छन्।