दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने
काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार
काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिष्ट एकताबाट आफूहरू नभई पुष्पकमल दाहाल ‘प्रचण्ड’ भागिरहेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट भागेर ‘प्रचण्ड’लगायतका केही नेताहरूले गम्भीर त्रुटि गरिरहेको समेत बताए ।
माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरूसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनले बताए। ‘प्रचण्ड’ले एकताका लागि केहिदिन अघि गरेको आह्वानमा ‘विप्लव’ले विचलनकारीहरूले एकताको अपिल गरेको नसुहाउने धारणा राखे। उनले जनतासँग सम्पूर्ण रूपमा जोडिएको शक्तिले मात्रै एकताको अपिल गर्न सुहाउने तर्क गरे।
माओवादी आन्दोलनलाई बिर्सजन गर्ने प्रकारको कुनै पनि एकतामा आफूहरू सहभागी नहुने उनले स्पष्ट पारे। उनले पार्टीले उठाएका एजेण्डाका साथै सत्यतथ्य विचारका साथ जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका केही नेता तथा कार्यकर्ताहरू नेकपा (माओवादी) मा प्रवेश गरेका थिए।