माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
जेनजी आन्दोलनका क्रममा देशभर २ हजार ७९ वटा भवनमा आगजनी, ५१९ वटा पूर्ण रूपमा जलेर ध्वस्त
एकीकृत समाजवादीको माग– भारतसँगको १९५० को सन्धि खारेज, मिचिएको भूमि फिर्ता
घाम अस्ताएपछि भारतबाट विद्युत् नआउने– उद्योग मात्र होइन, घर-घरमा पनि लोडसेडिङको जोखिम
छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
ठमाडौं । नेपाल आयाल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीस्थित डिपोको भण्डारण क्षमता अभिवृद्धि र स्थानान्तरण हुने भएको छ । सिनामंगल डिपोमा आज पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो ।सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपोको स्थानान्तरण, भण्डारण क्षमता अभिवृद्धि एवं नयाँ स्मार्ट बनाउन लागिएको हो ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको पायक पर्ने स्थानमा डिपो स्थानान्तरण हुन लागेको हो । कैलालीको गोदावरी नगरपालिका- ८ मा पर्ने अत्तरिया चोकबाट पूर्व करिब ५ किलोमिटरको दूरीमा रहेको पूर्व-पश्चिम राजमार्ग डिपो सार्न लागिएको हो ।डिपो २० बिघा १६ कट्ठा ८ धुर जग्गा स्थानान्तरण हुनेछ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन सिफारिससमेत भएको छ । हाल सञ्चालिन डिपो १ विघा ८ कट्ठामा रहेको छ ।
धनगढीमा हाल सञ्चालित डिपो २०३७ सालमा निर्माण भएको थियो । तत्कालीन समयमा सो ठाउँमा पेट्रोलियम पदार्थको माग दैनिक अधिकतम ४ गाडी थियो । १ विघा ८ कठ्ठामा सञ्चालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेकाले स्थानान्तरण गर्न लागिएको प्रादेशिक कार्यालयले जनाएको छ ।
आयल निगमका ७ वटा प्रादेशिक कार्यालय, ३ वटा शाखा कार्यालय, १० वटा हवाई इन्धन डिपो र २ वटा हवाई इन्धन रिफ्युलिङ स्टेशन सञ्चालनमा छन् ।
भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीपकुमार यादवले २०८२ वैशाख पहिलो हप्ताभित्र नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट डीपीआर एवं डिपो निर्माणको शिलान्यास गर्ने बताए ।
उनले भने, ‘डीपीआर निर्माणको जिम्मा काठमाडौं विश्वविद्यालयलाई दिइनेछ । २०८४ सालको वैशाख महिनाभित्र नयाँ स्मार्ट डिपो सञ्चालनमा आउने गरी काम गर्नेछौं ।’