माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
जेनजी आन्दोलनका क्रममा देशभर २ हजार ७९ वटा भवनमा आगजनी, ५१९ वटा पूर्ण रूपमा जलेर ध्वस्त
एकीकृत समाजवादीको माग– भारतसँगको १९५० को सन्धि खारेज, मिचिएको भूमि फिर्ता
घाम अस्ताएपछि भारतबाट विद्युत् नआउने– उद्योग मात्र होइन, घर-घरमा पनि लोडसेडिङको जोखिम
छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ५.३२ विन्दुले बढेर २५९१.५६ अंकमा बन्द भएको छ । आज बजारमा ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो दिन ७ वटा समूहका सूचक बढेका छन् । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यसदिन विकास बैंकको ०.०२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६० प्रतिशत, हाइड्रोपावर समूहको १.६७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३९ प्रतिशत, जीवन बीमा समूहको ०.२७ प्रतिशतले सेयरमूल्य बढेको छ ।
आज १४१ कम्पनीको सेयरमूल्य बढ्दा ९४ कम्पनीको सेयरमूल्य घटेको छ ।
सेयर लगानीकर्ता पर्ख र हेरकाे अवस्थामा रहँदा नेप्से परिसूचक स्थिर भएको हो। नाफा बुक गर्नेहरू बिक्री गर्ने र लाभांश खान खाेज्नेहरूले हाेल्ड गर्दा बजार स्थिर देखिएकाे छ। अहिलेको बजारलाई सेयरबजारका जानकारहरुले पनि बजार उतारचढावमा नै रहेको बताएका छन्। बजार अब घट्ने ठाउँ नै नरहेको समेत बजारका जानकारहरुले बताउँदै आएका छन्। तर यो यकिनका साथ भने भन्न सकिदैन ।
वित्तीय प्रणालीमा भएको प्रयाप्त तरलता,निरन्तर ब्याजदर घट्नु, सरकार पनि सेयरबजारमैत्री हुनुले पनि बजारले अबको बाटो सकारात्मक नै लिने अनुमान गर्न सकिन्छ ।