सत्ता केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्यो : प्रचण्ड
अपराधी जुनसुकै बेला कानुनी दायरामा आउँछन् : महानिरीक्षक कार्की
दलहरूको चुनावी घोषणापत्र र जनसरोकार : प्रतिबद्धता कि औपचारिकता ? शिबहरि खनाल
काठमाडौंको वायु प्रदूषणले पार गर्यो अस्वस्थताको तह
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प
सर्वोच्च अदालतले भन्यो- इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू
प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ५.३२ विन्दुले बढेर २५९१.५६ अंकमा बन्द भएको छ । आज बजारमा ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो दिन ७ वटा समूहका सूचक बढेका छन् । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यसदिन विकास बैंकको ०.०२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६० प्रतिशत, हाइड्रोपावर समूहको १.६७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३९ प्रतिशत, जीवन बीमा समूहको ०.२७ प्रतिशतले सेयरमूल्य बढेको छ ।
आज १४१ कम्पनीको सेयरमूल्य बढ्दा ९४ कम्पनीको सेयरमूल्य घटेको छ ।
सेयर लगानीकर्ता पर्ख र हेरकाे अवस्थामा रहँदा नेप्से परिसूचक स्थिर भएको हो। नाफा बुक गर्नेहरू बिक्री गर्ने र लाभांश खान खाेज्नेहरूले हाेल्ड गर्दा बजार स्थिर देखिएकाे छ। अहिलेको बजारलाई सेयरबजारका जानकारहरुले पनि बजार उतारचढावमा नै रहेको बताएका छन्। बजार अब घट्ने ठाउँ नै नरहेको समेत बजारका जानकारहरुले बताउँदै आएका छन्। तर यो यकिनका साथ भने भन्न सकिदैन ।
वित्तीय प्रणालीमा भएको प्रयाप्त तरलता,निरन्तर ब्याजदर घट्नु, सरकार पनि सेयरबजारमैत्री हुनुले पनि बजारले अबको बाटो सकारात्मक नै लिने अनुमान गर्न सकिन्छ ।