माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
जेनजी आन्दोलनका क्रममा देशभर २ हजार ७९ वटा भवनमा आगजनी, ५१९ वटा पूर्ण रूपमा जलेर ध्वस्त
एकीकृत समाजवादीको माग– भारतसँगको १९५० को सन्धि खारेज, मिचिएको भूमि फिर्ता
घाम अस्ताएपछि भारतबाट विद्युत् नआउने– उद्योग मात्र होइन, घर-घरमा पनि लोडसेडिङको जोखिम
छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
  शिवहरी खनाल
सहकारी अभियानले महिला, युवा , किसान मजदुर सबैलाई समेटन प्रयास गरेको छ । यस क्षेत्रले रोजगारी सिर्जना पनि गर्नुका साथै उत्पादन र बजारीकरणमा टेवा प–ुर्याएको छ । तर आज यो क्षेत्र बदनामीत हुने स्थितिमा पुगेको छ । सहकारीहरुले लाखौ बचतकर्ताहरुको बचत रकम अपचलन गरि फिर्ता दिन सकेका छैनन । सहकारीका संचालकहरुले सहकारीका उदेश्य अनुरुप् कार्य नगरी मनोमानी ढंगबाट कारोबार गरेका र नियामक निकायले सघन अनुगमन नगर्दा बचतकर्ताहरु मर्कामा परेका हुन् । अर्को तर्फ सदस्यहरुले पनि धेरै ब्याज र अन्य लाभको प्रलोभनमा ठुलो धन राशी जम्मा गर्ने गरेका छन ।
आर्थिक,सामाजिक र सांस्कृतिक आबश्यकता र चाहना प्राप्तिका लागि सामुहिक स्वामित्व र प्रजातान्त्रिक विधिबाट निर्वाचित सदस्यहरुको स्वैच्छिक र स्वायत्त सहकार्य नै सहकारिता हो । सहकारीको अर्थ संगसगै अथवा सह + कार्य गर्नू हो । सहकारीलाई समाजबाद निर्माणको एक महत्वपूर्ण आधारको रुपमा लिइन्छ । सहकारीका निश्चित मूल्य, मान्यता र सिद्दान्तहरु हुन्छन । सहकारी समुहमा आधारित, सदस्य केन्द्रित र सदस्यद्वारा नियन्त्रित स्वनियममा चल्ने स्वायत्त संस्था हो । सहकारीको अवधारणा “एकका लागि सबै, सबैका लागि एक” भन्ने हो । सहकारी नाफा कमाउनका लागि स्थापना नभई सेवाका लागि खोलिन्छ । सहकारीले छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गर्दछ । नेपालको संबिधान २०७२ ले ३ खम्बे अर्थनीति अन्तर्गत सहकारीलाई एक खम्बाको रुपमा परिभाषित गरिसकेको छ । नेपालमा सहकारी संस्थाको विकास अनौपचारिक रुपका गुठी, पैँचो, पर्म, धर्म भकारी, ढुकुटी, मंका खःल जस्ता संस्कृतिबाट विकसित भएको देखिन्छ । नेपालमा सहकारी प्रशासनको शुरुवात बि.सं २०१० बाट भएको हो । पहिलो सहकारीको स्थापना चितवन जिल्लाको शारदा नगरमा २०१३ साल चैत्र २० गते “बखान ऋण सहकारी संस्था” भई सञ्चालनमा आयो । जुन नेपालकै पहिलो सहकारी संस्था हो । रोबर्ट ओवेनलाई सहकारीका जन्मदाता मानिन्छ । सन् १८४४ डिसेम्बर २१ मा बेलायतमा स्थापना भएको रोचडेल सोसाइटी अफ इक्विटेबल पायोनियर नै पहिलो आधुनिक सहकारी व्यवसाय हो ।
नेपालमा सहकारी सस्थाहरु धेरै प्रकारका उद्देश्य अनुरुप सहकारी गठन भएका छन । कृषि सहकारी , बहुउद्देश्यीय सहकारी, उपभोक्ता सहकारी, बचत तथा ऋण सहकारी, शिक्षा सहकारी, स्वास्थ सहकारी ,बिमा सहकारी, आवास सहकारी, बिद्युत सहकारी, यातायात सहकारी आदि यसका उदाहरण हुन् । प्रारम्भमा किसानहरुलाई मल, बिउबिजन, वितरण र बजारीकरणमा सहयोग पु¥याउन खोलिएका सहकारीहरु क्रमशः सदस्यहरु लाइ ऋण लगानी गर्न र नियमित बचत गर्न लगाएर पँुुजी निर्माण र परिचालनमा लागेका हुन । हाल देशभर करिब ३१ हजार सहकारी संस्थाहरु छन । जसमा करिब ७४ लाख शेयर सदस्यहरुका करिब ९४ अर्ब शेयर पँुजी छ । सदस्यहरुको बचत करिब ५ खर्ब रहेको छ । सहकारी क्षेत्रले करीव ९० हजारलाइ प्रत्यक्ष्य रोजगारी दिएको तथ्याँङ्कले देखाउछ । सहकारी ए्ेन २०७४ र सहकारी नियमावली २०७५ जारी भएको छ । सहकारी सस्थाहरुले ऐन तथा नियमावली बमोजिम गतिबिधिहरु संचालन नगरेका कारण कयांै सहकारी सस्थाहरुमा संकट पैदा भएको छन । नेपालमा ३ तहको सरकारले सहकारीलाइ अनुगमन र नियमन गर्ने व्यवस्था गरिएपनि सो बमोजिम हुन सकेको छैन । हालका दिनहरुमा सहकारी प्रति अविस्वास पैदा हुदै गएका छन । आफ्ना बचत फिर्ता नपाएर बचतकर्ताहरु आन्दोलित भएका घटनाहरु हामी सधै जस्तो देख्छौं । सदस्यको सामुहिक हितमा लाग्नुपर्नेमा बचतकर्ताको पसिना र श्रमले आर्जित धन बटुलेर सिमित व्यक्तिको हातमा पुग्ने माध्यम सहकारी बन्न पुगेको बर्तमान स्थिति छ । नेपालमा संचालनमा रहेका सहकारीहरु मध्ये अधिकांशले बचत तथा ऋणको कारोबार गर्ने गरेका छन । यद्दपि सहकारी संस्थाहरुले गरिबी निवारण, रोजगारी सिर्जना , उत्पादन बृद्धि, बित्तिय शिक्षा र सचेतना फैलाउन, पँुजी निर्माण र परिचालन , महिला सशक्तिकरण र उद्यमशिलता विकासमा सक्रिय योगदान प¥ुर्याएका छन । ग्रामिण क्षेत्रमा उत्पादकत्व बढाउन मुख्य भूमिका कृषि र बहूउद्दश्यीय सहकारीहरुले निभाएका छन ।
हालका दिनहरुमा सहकारी प्रतिको विश्वास धुमिल हुदै गैरहेको छ । संचालकहरुले सहकारी सस्थाहरुलाइ पँुजी जम्मा गर्ने माध्यम मात्र बनाएको र यसरी संकलित बचत आफ्ना सदस्यहरुको आयआर्जन तथा उत्पादन र ब्यबसायिकरणमा प्रयोग नगरी आफु खुसि आफ्ना एकल व्यवसायमा लगानी गरेको पाइएको छ । सदस्य भन्दा ग्राहक केन्द्रित भएका छन् जुन ऐन र कानुन बिपरित छ । सहकारी संस्थाहरु उत्पादनमा बढि केन्द्रित हुनाको साटो शहर केन्द्रित भएर बचत र ऋणमा बढी झुम्मेका बढी छन । सहकारीहरु उत्पादनमा जोडिन सकेको पाइदैन । अर्कोतर्फ उत्पादनमा केन्द्रित सहकारीहरुका पनि उत्पादित बस्तुहरुले बजारमा प्रतिस्पर्धा गर्न नसक्नु , उत्पादनको गुणस्तर कायम गर्न नसक्नु र मूल्य नपाउने समस्याहरु छन ।
अहिले सहकारीका बचतकर्ताहरु आफुले छाक टारेर जम्मा गरेको बचत फिर्ता नपाएर आजीत भएका छन । मकै पोलेर, ज्याला मजदुरी गरेर , साग बेचेर, सानातिना ब्यबसाय र जागिर खाएर बचत गरेको रकमको दुरुपयोग भएको छ । बचतकर्ताको झन्डै पौने ३ खर्ब बचत रकम दुरुपयोग र भएको तथ्यांक छ । सहकारीको नियामक निकायको अकर्मन्यताका कारण बचतकर्ताहरुको बचत रकम हिनामिना भएको हो । सहकारीका संचालकहरु आफै बचतकर्ताको रकम दुरुपयोगमा लिप्त हुने र सहकारीका माथिल्ला संघसंस्था , महासंघ तथा सरकारी निकायमा समेत तिनकै हालीमुहाली हुने हुदा बचतकर्ताको बचत रकम असुरक्षित हुदै गेरको बिश्लेषण गर्न सकिन्छ । सहकारी क्षेत्रको समस्याको रुपमा नीतिगत र कानुनीलाइ पनि लिनु पर्दछ । सहकारी ऐन २०७४ र नियमावली २०७५ ले व्यवस्था गरेको कर्जा सूचना केन्द्र , कर्जा असुली न्यायाधिकरण , बचत तथा कर्जा सुरक्षण कोष जस्ता निकायहरुको गठनमा ढिलाई भएको छ । सहकारी संस्थाहरुले अनिवार्य रुपमा कोपोमिस प्रबिधिको प्रयोग गर्नुपर्नेमा त्यसो भएको पाइदैन । एक व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एउटा मात्रै सहकारीमा सदस्य हुन पाउने व्यवस्थाको कार्यान्वयन भएको छैन । दोहोरो सदस्यता खारेज नहुनु , सदस्य नभई पनि सहकारीमा कारोबार गर्नु पनि समस्याको रुपमा छ । सहकारीका सदस्यहरुमा सहकारी शिक्षाको कमि छ । सदस्यहरुले बढी ब्याजको लोभमा पनि बचत गर्ने गरेको पाइन्छ । सहकारी संस्थाहरुले समयमा साधारण सभा गरेको छ वा छैन , ऋण लगानी कुन क्षेत्रमा गरेको छ, प्रचलित कानुन र सहकारी संस्थाको विनियम अनुसार काम गरेको छ कि छैन आदि बारे जानकारी राखेको पाइदैन । सहकारीको नियमनको जिम्मेवारी क्रमशः संघ , प्रदेश र स्थानीय तहलाई दिईएको छ । तर नियामक निकायले संस्थाहरुलाई स्वनियमनमै छोडिदिएको पाइन्छ । नियामक निकायको सुपरिबेक्षण र नियमनको पहुचमा सहकारीहरु नभएको भान हुन्छ ।
सहकारीका सिमित संचालकहरुले मनोमानी गरेका छन । संस्थाको कार्यालय भब्य बनाउने, बिलासिताका साधनहरुको प्रयोग गर्दै बचत रकमलाई आफ्नै निजि पँुजी जसरी प्रयोग गरेको पाइन्छ । सहकारीका संचालकहरुले ऐन विपरीत् घरजग्गा, हाउजिङ्ग, शेयर र निजि कम्पनिहरुमा बचत रकम लगानी गरेका छन । संचालकहरुले गैर बैकिङ्ग सम्पति सस्थाको नाममा खरिद नगरी व्यक्तिगत रुपमा गर्ने , आफन्तका नाममा राख्ने र कतिले त बचत रकम विदेश लाने गरेका छन । कम्पनीहरु, खाद्यन्न डिलर, हाउजिङ्ग र जग्गा देखाउदै कमिसनको लोभमा कर्मचारीहरु खटाएर बढी ब्याजको आकर्षणमा पारी बचत संकलन गरेको पाइन्छ । वचत संकलनमा संस्थाहरु विच नै अस्वस्थ प्रतिस्पर्धा छ । संचालकहरुले आन्तरिक नियन्त्रण पद्दति र लेखापरिक्षण लाइ निस्प्रभाबी बनाएको पाइन्छ । अध्यक्ष वा मुख्य मान्छेले संचालकहरु आफु अनुकुल राख्ने, बाँकिलाई प्रलोभनमा पारि एकलौटी गर्ने गरेका छन । संस्थाको अभिलेखहरुलाई अध्यावधिक नराख्ने, नियामक निकायको निर्देशन पालना नगर्ने र तथ्यांकहरु तोडमोड गर्ने परिपाटी बिकराल समस्याको रुपमा छ । सहकारीहरु कार्यक्षेत्र बाहिर गएर पनि कारोबार गर्दछन । ऋण लगानी गर्दा ब्यबसायिक योजनालाई ध्यान नदिई धितोलाई मात्रै प्राथमिकता दिईन्छ । अझ बिना धितो चिनजानका व्यक्तीहरुलाइ ठुलो ऋण लगानी गर्ने गरेको छ । सहकारी विभागले अबलम्बन गरेको संस्था एकीकरण नीति (मर्जर) लाइ बेवास्ता गरिएको छ । एकातिर सहकारीका संचालकहरुले सहकारीका ऐननियम र नियमावली अनुरुप गतिबिधि नगरी गम्भीर लापरबाही गर्ने गरको पाइन्छ भने अर्को तर्फ सहकारी अभियानका अभियन्ताहरु पनि सहकारी ऐन तथा नियमावलीका बिरुद्ध लागेको देखिन्छ । बचतकर्ताले पेट काटेर जम्मा गरेको श्रम र पसिनाको कमाई झ्याम हुने स्थितिमा पुग्दा सदस्यहरु पारिवारीक बिखन्डन, अकाल मृत्यु , मानसिक समस्या र ब्यबसायिक तथा शैक्षिक बिश्रामको अवस्थामा आइपुगेका छन । सांसद , स्थानीय तहका जनप्रतिनिधीहरु , पुर्बमन्त्रिहरु समेत सहकारी ठगीमा संलग्न देखिएका छन ।
नेपाल सरकारले सहकारीको समस्या समाधान निमित्त विभिन्न समयहरुमा अध्ययन समिती, संसदीय समिती, छानबिन समिती , कार्यदल लगायत गठन गरेको छ । सरकारले समस्यामा परेका सहकारीहरुको बित्तिय ब्यबस्थापनका लागि त्त् सहकारी लाई समस्या ग्रस्त घोषणा गर्ने गरेको छ । समस्या समाधान लागि समस्याग्रस्त सहकारी ब्यबस्थापन समिति गठन गरि कार्यालय र पदाधिकारी एबम कर्मचारीहरु नियुक्त गरेको छ । हालसम्म २२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरि ब्यबस्थापनमा लागिपरेको छ । ती २२ वटा सहकारीका मात्रै वचत माग दाबी करिब ४० अर्ब रहेको छ । हालसम्म करिब १ अर्ब बराबरको रकम फिर्ता गराउन सफल ब्यबस्थापन समिति आफै साधन श्रोत , अधिकार र दक्ष्य ब्यबस्थापन को अभाबमा गुज्री रहेको छ । नेपालमा करिब ३१ हजार सहकारी मध्ये करिब १५ हजार जति संकटमा छन भन्ने तथ्याकले देखाउछ । सो मध्ये ५ हजार सहकारी बन्द र १० हजार जति चलिरहेका छन । हालै सरकारले संसदीय छानबिन बिशेष समिति मार्फत ४० वटा सहकारीको अध्ययन गरेको थियो । ती ४० वटा सहकारीका मात्रै झन्डै ८८ अर्ब बचत दायित्व छ ।
नियामक निकायले नियमनलाई नियमित र कडा बनाउनु पर्ने ।
सहकारी क्षेत्र बित्तिय परिचालन र समाजबादी व्यवस्था लागु गर्न महत्वपुर्ण कोशेढुंगा साबित हुन् सक्दछ । “गाउ –गाउमा सहकारी घर– घरमा भकारी” भन्ने नाराका साथ सहकारी संस्थाहरु गठन भएका हुन ्। सहकारी अभियानले महिला, युवा , किसान मजदुर सबैलाई समेटन प्रयास गरेको छ । यस क्षेत्रले रोजगारी सिर्जना पनि गर्नुका साथै उत्पादन र बजारीकरणमा टेवा प–ुर्याएको छ । तर आज यो क्षेत्र बदनामीत हुने स्थितिमा पुगेको छ । सहकारीहरुले लाखौ बचतकर्ताहरुको बचत रकम अपचलन गरि फिर्ता दिन सकेका छैनन । सहकारीका संचालकहरुले सहकारीका उदेश्य अनुरुप् कार्य नगरी मनोमानी ढंगबाट कारोबार गरेका र नियामक निकायले सघन अनुगमन नगर्दा बचतकर्ताहरु मर्कामा परेका हुन् । अर्को तर्फ सदस्यहरुले पनि धेरै ब्याज र अन्य लाभको प्रलोभनमा ठुलो धन राशी जम्मा गर्ने गरेका छन । सहकारी सामुहिकतामा चल्ने हुदा यसको कार्यक्षेत्र बृहत हुनु हुदैन । संचालक र शेयर सदस्य बीच चिनजान र हार्दिकता हुनु पर्दछ । मर्कामा परेका बचतकर्ताहरुको बचत रकम फिर्ता गराउन सरकारले अब ढिला गर्नु हुदैन । समस्याग्रस्त सहकारीका भौतिक सम्पति, बैंक मौजात , कर्जा असुली एबम संचालक र सम्बद्ध सबैको घर घरानाबाट भराई बचत रकम फिर्ता गर्नु पर्दछ । अन्य समस्या उन्मुख सहकारीहरु सबैको सघन अनुगमन गरि बेलैमा समस्या समाधानमा जोड दिन सके भबिष्यमा सहकारीका वचतकर्ताहरु ठगिनबाट जोगिन्छन । सहकारीको स्वायत्तता र स्वनियमनको सिद्धान्तलाई बलियो बनाउदै सहकारी संस्थाहरुको नियमन र नियन्त्रणमा सरकार बेलैमा लागेको खण्डमा सहकारीका बचतकर्ताहरुले बचत फिर्ताका लागि हारगुहार गर्नु पर्ने छैन साथै सहकारी संस्थाहरु पनि दिर्घकालसम्म संचालनमा रहने छन । -लेखक राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सदस्य हुन् ।